ओखलढुंगाको सिद्धिचरण नगरपालिका मेयरमा एमालेका मोहनकुमार विजयी


ओखलढुंगाको एक मात्र सिद्धिचरण नगरपालिकामा नेकपा एमालेका मोहनकुमार श्रेष्ठ विजयी भएका छन्। उनले आफ्नो प्रतिद्वन्दी नेपाली कांग्रेसका डिल्लीराम खनाललाई पराजित गरेका हुन्।
श्रेष्ठ ४ हजार ७ सय ३९ मत प्राप्त गर्दै मेयर पदमा विजयी भएका हुन्। यस्तै, उपमेयरमा एमालेकै इच्छा गुरुङ विजयी भइन। उनले ४ हजार ८ सय ३६ मत प्राप्त गरिन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.