राति १: ४० अपडेटः मेची नगरपालिकामा एमालेको अग्रता २ सय नाघ्यो


मेची नगरपालिकामा नेकपा एमालेका विष्णु प्रसाईले नेपाली कांग्रेसका विमल आचार्यसँगको दुरी २ सय नघाएका छन्। एमालेका प्रसाई ३ हजार ६ सय २१ मतले अगाडि छन्। आचार्यको ३ हजार ४ सय २१ मत रहेको छ। मेयर पदमा माओवादी केन्द्रका हंसलाल राजवंशीले १ हजार ६ सय १५ मत प्राप्त गरेका छन्।

उपमेयरमा एमालेकी मिना पोखरेल उप्रेती ३ हजार ५ सय ४९ मत ल्याएर अग्रस्थानमा छिन्। उनको प्रतिद्वन्दी नेपाली कांग्रेसकी दुर्गा भूर्तेल खतिवडाको ३ हजार १ सय ६६ मत छ। माओवादीकी इन्दिरा कार्की भण्डारीले १ हजार ६ सय ३० मत प्राप्त गरेकी छिन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.