राति १: ३० अपडेटः एमाले उपाध्यक्ष भिम रावलको जिल्लामा एमाले दबाबमा

राति १: ३० अपडेटः एमाले उपाध्यक्ष भिम रावलको जिल्लामा एमाले दबाबमा


एमाले उपाध्यक्ष भिम रावलको गृह जिल्ला अछाममा एमाले पछाडि परेको छ। अछामका दश वटा स्थानीय तहमा चार वटा स्थानीय तहको नतिजा आइसकेको छ। जसमध्ये तीन वटामा कांग्रेसले जितेको छ भने एउटामा माओवादी केन्द्र विजयी भएको छ।

कमलबजार नगरपालिका, बान्नीगढी जयगढी गाउँपालिका र ढकारी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । नेकपा माओवादी केन्द्रले मेल्लेख गाउँपालिकामा विजय हासिल गरेको  छ।

मतगणना भइरहेका छ स्थानीय तहमा नेपाली कांग्रेस तीन ठाउँमा अगाडि छ भने एमाले दुई ठाउँमा अगाडि छ । माओवादी केन्द्र एक ठाउँमा अगाडि रहेको छ।

साफेबगर, पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाद गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ।

नेकपा एमालेले मंगलसेन नगरपालिका र चौरपाटी गाउँपालिकामा अग्रता लिएको छ। माओवादी केन्द्रले रामारोशन गाउँपालिकामा अग्रता लिएको छ।

संविधानसभाको दोस्रो निर्वाचनमा अछामका दुई क्षेत्रबाट एमाले अध्यक्ष भिम रावल र भरत साउद विजयी भएका थिए।

अछामका अधिकांश स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.