राति १ बजे अपडेटः कैलालीमा कुन दलको अग्रता कुन स्थानीय तहमा


प्रदेश नम्बर सातमा सबैभन्दा बढी स्थानीय तह भएको कैलालीका तीनवटा गाउँपालिकाको नतिजा सार्वजनिक भइसकेको छ।

कैलालीका १३ स्थानीय तहमा १० ओटा स्थानीय तहको नतिजा आउन बाँकी छ।

दुई वटा गाउँपालिकामा एमाले विजयी भइसकेको छ भने कांग्रेस एउटा गाउँपालिकामा विजयी भएको छ।

मोहन्याल गाउँपालिका र चुरे गाउपालिकामा एमालेले जितेको छ। जोशीपुर गाउँपालिकामा कांग्रेसले विजयी खाता खोलेको छ। नेपाली कांग्रेसले धनगढी उपमानगरपालिका, लम्की चुहा नगरपालिका,घोडाघोडी नगरपालिका, जानकी गाउँपालिका र कैलारी गाउँपालिकामा अग्रता लिएको  छ।

नेकपा एमालेले गोदावरी नगरपालिकामा अग्रता लिएको छ ।  नेकपा माओवादी केन्द्रले गौरीगंगा नगरपालिका र बर्दगोरीया गाउँपालिकामा अग्रता लिएको छ ।

नेपाल लोकतान्त्रिक फोरमले टिकापुर र भजनी नगरपालिकामा अग्रता लिएको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.