१२:२५ अपडेटः धरानमा एमाले र कांग्रेसको रोचक भिडन्त, एमालेका सुब्बा २ सय ३७ ले अगाडि


धरान उप–महानगरपालिकामा नेकपा एमालेका तारा सुब्बाले मेयर पदमा नेपाली कांग्रेसका तिलक राईलाई २ सय ३७ मतले उछिनेका छन्।

पछिल्लो मतगणनाअनुसार एमालेका सुब्बाले २ हजार ९ सय ३२ मत प्राप्त गरेका छन्। कांग्रेसका उम्मेदवार राईको मत २ हजार ६ सय ९५ रहेको छ। यस निर्वाचन क्षेत्रमा माओवादीका आइन्द्र विक्रम बेघाले १ हजार ६ सय ४८ मत प्राप्त गरेका छन्।

उपमेयरमा एमालेकी मञ्जु भण्डारी सुवेदीले ३ हजार ४४ मत प्राप्त गरेकी छिन्। कांग्रेसकी श्यामा रेग्मीको २ हजार ६ सय ८३ मत रहेको छ। संघीय समाजवादी फोरम नेपालका पारस काङमाङ राईले उपमेयरमा ९ सय ३५ मत प्राप्त गरेका छन्।

यसअघि १ र २ वडाको मतगणना हुँदा कांग्रेस अगाडि थियो। हाल ३ र ४ वडाको मतगणना भइरहेको छ। जसमा एमालेका सुब्बाले कांग्रेसलाई उछिनेका हुन्। ५ वडाको मतगणना भोलीदेखि सुरु हुनेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.