१२:२५ अपडेटः प्रधानमन्त्रीको जिल्लामा कांग्रेसलाई माओवादीको चुनौती


प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको परशुराम नगरपालिकामा कांग्रेसलाई माओवादीले चुनौती दिएको छ ।

परशुराम नगरपालिकामा माओवादी केन्द्रले आफ्नो अग्रता कायमै राखेको छ । माओवादी केन्द्रका मेयर उमेदवारले ३ हजार ७ सय २० मत ल्याएका छन भने कांग्रेस उमेदवारले ३ हजार ५ सय ५२ मत ल्याएका छन् ।

उपमेयरमा पनि माओवादी नै अगाडि रहेको छ । माओवादी उम्मेदवारले ३ हजार ३ सय ४० मत ल्याएका छन भने कांग्रेस उम्मेदवारको ३ हजार २ सय ३८ मत रहेको छ ।

अहिलेसम्म १० वटा वडाको मत गणना भइसकेको छ । जसमध्ये माओवादी केन्द्रले ६ वटा, कांग्रेसले ३ र एमालेले १ वटा वडामा विजय हासिल गरेको छ । अव २ वटा वडाको मत गन्न बाँकी छ ।

डडेलधुराका २ नगरपालिका मध्ये अमरगढी नगरपालिकामा एमाले विजयी भइसकेको छ । नेपाली कांग्रेस ३ वटा गाउपालिकामा विजयी भएको छ भने एमाले र माओवादी केन्द्रले १–१ गाउपालिकामा विजय हासिल गरेका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.