इटहरी उपमहानगरमा कांग्रेसका प्रसाई १ सय ५७ मतले अगाडि


इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेसका रोहित प्रसाईले आफ्नो अग्रता कायम राखेका छन्। उनले ताजा मतपरिणममा ४६ सय ७५ मत प्राप्त गरेका छन्।

प्रसाईका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका द्धारिकालाल चौधरीले ४५ सय १८ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका हरिमाया जिमीले ७ सय मत प्राप्त गरेका छन्।

उपमेयरमा कांग्रेसकी विमला ढकालले ४६ सय ४८ मत प्राप्त गरेकी छिन्। उनको प्रतिद्वन्दी एमालेकी लक्ष्मी गौतमले ४४ सय १० मत प्राप्त गरेकी छिन्। माओवादीले ८ सय ७ मत प्राप्त गरेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.