११:१५ बजे अपडेटः १ सय ४० स्थानीय तहको नतिजा सार्वजनिक, कसले कति जिते?

११:१५ बजे अपडेटः १ सय ४० स्थानीय तहको नतिजा सार्वजनिक, कसले कति जिते?


दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहबाट अन्तिम नतिजा आउने क्रम जारी छ। ३ प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तह मध्ये अहिलेसम्म २० वटा नगरपालिका र १२० गाउँपालिका सहित १४० वटा स्थानीय तहको अन्तिम नतिजा आइसकेको छ ।

जसमा नेकपा एमालेले ७ नगरपालिका र ६३ गाउँपालिका सहित ७० स्थानमा जीत हात पारेको छ। नेपाली काँग्रेसले १२ नगरपालिका र ३४ गाउँपालिकासहित ४६ स्थानमा जितेको छ।

त्यसैगरि नेकपा माओवादी केन्द्र एक नगरपालिकासहित २२ स्थानमा विजयी भएको छ। राष्ट्रिय जनमोर्चाले दुई र संघीय समाजवादी फोरम नेपालले एक गाउँपालिकामा जितेका छन्।

हेर्नुहोस् कसले कहाँ जिते

राति ११ बजे अपडेटः

२० नगरपालिका मध्ये १२ मा कांग्रेस ७ एमाले यी हुन् विजयी प्रमूख र उप–प्रमूख (सूची)

रातिको ११ बजे अपडेटः यस्तो छ गाउँपालिकाको अन्तिम नतिजा (मतसहित)

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.