ताप्लेजुङको फक्ताङलुङमा कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा


ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ।

५ हजार ४ सय मत खसेको यस गाउँपालिकामा ३२ सय मतगणना हुँदा एमालेका लक्ष्मीप्रसाद लिम्बु ६ मतले अगाडि देखिएका छन्।

उनले १३ सय ९५ मत प्राप्त गरेका छन्। उनका निकट्तम प्रतिद्वन्दी कांग्रेसका मनिप्रसाद लिम्बुले १३ सय ८९ मत प्राप्त गरेका छन्। एमालेले वडा नम्बर १ र २ मा कब्जा जमाएको छ। यस्तै, कांग्रेसले पनि ६ र ७ वडा जितेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.