प्यूठानमा एमाले र जनमोर्चा दुई/दुई स्थानमा, कांग्रेस एक स्थानमा विजयी


प्यूठानमा एमाले र राष्ट्रिय जनमोर्चाले दुई/दुई स्थानीय तहमा जीत हात पार्दा कांग्रेसले एक स्थानीय तहमा जितेको छ।

राष्ट्रिय जनमोर्चले झिमरुक गाउँपालिका र मल्लरानी गाउँपालिकामा जीत हात पारेको हो। झिमरुकमा राजमोका तिलबहादुर जिसी अध्यक्षमा र उपाध्यक्षमा पवित्रा जीसी विजयी भएका छन्। त्यस्तै मल्लरानीमा अमरध्वज राना अध्यक्षमा र उपाध्यक्षमा सरिता जीसी विजयी भएका छन्।

एमालेले सरूमारानी र माण्डवी गाउँपालिकामा जीतेको छ। सरूमारानीमा एमालेका झगबहादुर बिक विजयी भएका हुन्। उपाध्यक्षमा पनि एमालेकै मीना सोमैले जीतेकी छिन्। त्यस्तै माण्डवी गाँउपालिका अध्यक्षमा श्रीधर रोक्का विजयी भएका छन्। उनले १२ मतले माओवादी केन्द्रका नवराज अधिकारीलाई हराएका हुन्। उपाध्यक्षमा भने माओवादी केन्द्रकी मुगा पुनले जीतेकी छिन्।

कांग्रेसले ऐरातवती गाउँपालिकामामा जीत हात पारेको छ। कांग्रेसका नविनबिक्रम शाह विजयी भएका हुन्। उपाध्यक्ष भने माओवादी केन्द्रका बुद्धबहादुर बस्नेत विजयी भएका छन्।

गौमुखी, नौवाहिनीमा कांग्रेस अगाडि छ। स्वर्गद्वारी नगरपालिकामा भने एमाले अगाडि छ। माओवादी केन्द्र प्यूठान नगरपालिका अगाडि छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.