रोल्पामा माओवादी केन्द्र ६, एमाले दुई र कांग्रेस एक तहमा विजयी


रोल्पाको एकमात्र नगरपालिका रोल्पा नगरपालिकासहित माओवादी केन्द्रले ६ स्थानीय तहको प्रमुखमा विजय हात पारेको छ।

रोल्पा नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पदमा जीत हात पारेको छ। मेयरमा पूर्ण केसी र उपमेयरमा मनकुमारी घर्ती विजयी भएका हुन्।

त्यस्तै माओवादी केन्द्रका आशबहादुर पुनमगर सुनछहरी गाउँपालिकामा, थवाङमा वीरबहादुर घर्ती, दुईखोलीमा नीमकान्त डाँगी, माडीमा नन्दबहादुर पुन र सुकीदहमा वीरबहादुर केसी विजयी भएका छन्।

एमालेले त्रिवेणी गाउँपालिका र रुन्टीगढीमा जीत हात पारेको छ। एमालेका शान्तकुमार ओली त्रिवेणीमा र रुन्टीगढीमा बालाराम बुढा विजयी भएका हुन्।

लुङ्ग्रीमा भने कांग्रेसका दुर्गाबहादुर खड्का विजयी भएका छन्।

रोल्पाको सुर्वाणावती गाउँपालिकाको मात्र मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ। सुर्वाणावतीमा भने भोली बिहानसम्म मतपरिणाम सार्वजनिक हुने निर्वाचन अधिकृत सागरकुमार रोकाले जानकारी दिए। सुवर्णावतीमा माओवादी केन्द्रका गुणेन्द्र घर्ती अगाडि छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.