रेसुङ्गा र मुसिकोटसहित गुल्मीका ५ तहमा एमाले विजयी, कांग्रेस ३ र माओवादी एक


गुल्मीका १२ स्थानीय तह मध्ये ५ मा एमाले विजयी भएको छ। रेसुङ्गा र मुसिकोट नगरपालिकामा एमालेले जितेको छ। हालसम्म गुल्मीका ८ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ।

त्यस्तै रूरू र मालिका र छत्रकोट गाउँपालिकामा पनि एमालेले जितेको छ।

एमालेका नीलकण्ठ उप्रेती रुरुबाट, रितबहादुर थापा मालिकाबाट विजयी भएका हुन्। त्यस्तै छत्रकोटबाट मधुकृष्ण पन्त विजयी भएका हुन्। गुल्मीको सत्यवती गाउँपालिकामा कांग्रेसका पारिश्रर ढकाल विजयी, एमालेका अमरसिंह सिजापती पराजित भएका हुन्।

गुल्मीदरबार र चन्द्रकोट गाउँपालिकामा भने कांग्रेसका अशोककुमार थापा र द्रोणबहादुर खत्री विजयी भएका छन्।

धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रले जीत हात पारेको छ। धुर्कोटमा माओवादी केन्द्रका भूपाल पोखरेल विजयी भएका हुन्।

गुल्मीको कालिगण्डकी, इस्मा र मदानेमा एमाले अगाडि छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.