एमालेका चन्द्रबहादुर गुरुङको क्षेत्रमा कांग्रेसको अग्रता

एमालेका चन्द्रबहादुर गुरुङको क्षेत्रमा कांग्रेसको अग्रता


नेकपा एमालेका सांसद चन्द्रबहादुर गुरुङको सुन्दरहरैचा नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ। कांग्रेसका शिवप्रसाद ढकालले १७ हजार मत गणना हुँदा ७ हजार ५ सय ६६ मत ल्याउँदै अग्रता बनाएका छन्।

उनको प्रतिद्वन्दी एमालेका केदारप्रसाद गुरागाईले ७ हजार ६० मत प्राप्त गरेका छन्। माओवादी केन्द्रकी लक्ष्मी न्यौपानेले १ हजार १ सय ७२ मत प्राप्त गरेका छन्।

उपमेयरमा भने एमालेकी धनमाया तामाङले ७ हजार २५ मत ल्याएर कांग्रेसकी बिन्दा दाहाल थापालाई उछिनेकी छिन्। बिन्दाले ५ हजार ७ सय ५९ मत प्राप्त गरेकी छिन्।

माओवादीका नवराज चापागाईले ३ हजार १ सय ५ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा ४० हजार २ सय मत खसेको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.