ओलीको गृहनगरमा सूर्यलाई कडा टक्कर दिँदै गाई


नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको गृहनगरमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले एमालेलाई कडा टक्कर दिएको छ।

सुरुवाती मतगणनामा गाई चुनाव चिन्ह भएको राप्रपा १५ मतले मात्र एमालेभन्दा पछाडि छ। वडा नम्बर १ मा विवाद भएपछि सुरु भएको वडा नम्बर २ को मतगणनामा सूर्य चुनाव चिन्ह भएको एमालेले ७ सय ३८ मत प्राप्त गरेको छ भने गाईको ७ सय २३ मत छ।

नेपाली कांग्रेसको रुखले ३ सय ८५ मत ल्याएको छ। नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हसिँया हतौडामा ४ सय ३५ मत छ। अहिलेसम्म रुख सबैभन्दा पछाडि छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.