गुल्मीका दुबै नगरपालिमा एमाले विजयी, मुसिकोटमा सापकोटा


गुल्मीको मुसिकोट नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा सोमनाथ सापकोटाले ६५३३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कृष्णहरी सापकोटाले ५४६८ मत प्राप्त गरेका छन्।

उपमेयरमा एमालेकै कमला शर्मा ६४७४ मत सहित बिजयी भएकी छन्। प्रतिद्वन्द्वी कांग्रेसकी बिष्णकुमारी सापकोटाको ५५९४ मत प्राप्त भएको छ। गुल्मीका दुबै नगरपालिका रेसुङ्गा र मुसिकोटमा एमालेले जित हासिल गरेको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.