कञ्चनपुरको पुनर्वासमा खसेको मतभन्दा बढी परिणाम आएपछि प्रदर्शन, प्रहरीद्धारा लाठीचार्ज, मतगणना स्थगित


कञ्चनपुरको पुनर्वासमा खसेको मत भन्दा मत गणना परिणाम बढी देखिएको भन्दै प्रदर्शनमा उत्रेका कांग्रेस र माओवादी कार्यकर्तालाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जसमेत गरेको छ।

पुनर्वास नगरपालिका १ को मत गणना गर्दा खसेको मत भन्दा बढी गणना भएको देखिए पछि झडपको स्थिति देखिएको हो।

झडपलाई नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएकोछ । मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.