प्रधानमन्त्रीको गृह जिल्लाको अर्को नगरपालिकामा पनि कांग्रेस पछाडि


प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मत गणना गर्न बाँकी अर्को नगरपालिकामा पनि कांग्रेस पछि परेको छ। मतगणना भइरहेको परशुराम नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रले अग्रता लिएको छ ।

माओवादी केन्द्रका मेयर उम्मेदवारले २ हजार ७ सय ६८ मत ल्याएका छन भने उनलाई पच्छाइरहेका कांग्रेस उमेदवारले २ हजार ६ सय ५९ मत ल्याएका छन्। उपमेयरमा माओवादी उम्मेदवारले २ हजार ४ सय ५६ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवारको २ हजार ४ सय ४७ मत रहेको छ।

अहिलेसम्म ८ वटा वडाको मत गणना भइसकेको छ। जसमध्ये माओवादी केन्द्रले ४ वटा, कांग्रेसले ३ र एमालेले १ वटा वडामा विजय हासिल गरेको छ ।

अहिलेसम्म ८ हजार ११ मत गणना भइसकेको छ भने अब ४ वटा वडाको मत गन्न बाँकी छ । यो नगरपालिकामा १२ हजार ८ सय ५० मत खसेको थियो ।

डडेलधुराका २ नगरपालिका मध्ये अमरगढी नगरपालिकामा एमाले विजयी भइसकेको छ । नेपाली कांग्रेस ३ वटा गाउँपालिकामा विजयी भएको छ भने एमाले र माओवादी केन्द्रले १–१ गाउँपालिकामा विजय हासिल गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.