प्रदेश नम्बर ७ मा कांग्रेस अगाडि, कसको अवस्था कस्तो


सात नम्बर प्रदेसमा नेपाली कांग्रेसले विजयी अग्रता लिएको छ अहिलेसम्म नेपाली कांग्रेसले १८ स्थानीय तहमा विजय हासील गरेको छ। नेकपा एमालेले १६ स्थानमा विजय हासिल गरेको छ। तेस्रो स्थानमा रहेको नेकपा एमालेले ३ स्थानमा विजय हासिल गरेको छ ।

बाजुराका ९ स्थानीय तहमा नेपाली कांग्रेसले ४ ठाउँमा विजय हासिल गरेको छ भने १ ठाउँमा अग्रता लिएको छ ।

नेकपा एमालेले ३ स्थानमा विजय हासिल गरेको छ भने १ स्थानमा अग्रता लिएको छ ।

बझाङमा भने एमाले अगाडि देखिएको छ । नेकपा एमाले ५ ठाउँमा विजयी हुँदा नेपाली कांग्रेस ३ ठाउमा बिजयी भएको छ । एमालेले २ ठाउँमा अग्रता लिएको छ भने कांग्रेसको अग्रता १ ठाउँमा छ।

दार्चुलामा एमाले ३ स्थानमा विजयी भएको छ भने कांग्रेस २ स्थानमा विजयी भएको छ। एमाले र माओवादीले १–१ स्थानीय तहमा अग्रता लिएका छन् ।

बैतडीका १० वटा स्थानीय तहमा नेपाली कांग्रेस ३ ठाउँमा बिजयी भएको छन् भने ३ ठाउँमा अग्रस्थानमा रहेको छ।  एमाले १ ठाउँमा विजयी भएको छ भने १ ठाउँमा अगाडि छ । राप्रपाले १ ठाउँमा अग्रता लिएको छ।

डडेल्धुराको ७ स्थानीय तहमा नेपाली कांग्रेस ३ ठाउँमा विजयी भएको छ भने एमाले २ ठाउँमा विजयी भएको छ। माओवादी केन्द्र १ ठाउँमा विजयी भएको छ १ ठाउँमा अग्रस्थानमा रहेको छ ।

डोटीका ९ स्थानीय तहमध्ये तीन प्रमुख पार्टीले समान जित र अग्रता बनाएका छन। कांग्रेस, एमाले र माओवदाी केन्द्र १–१ स्थानीय तहमा विजयी भएका छन्। तीन पार्टीले १–१–१ ठाउँमा अग्रता लिएका छन्।

अछामका १० स्थानीय तहमा कांग्रेसले १ ठाउँमा विजय हासिल गरेको छ भने ४ ठाउँमा अग्रता लिएको छ। एमालेका ५ ठाउँमा अग्रता लिएको छ।

कञ्चनपुरका ९ स्थानीय तहमा एमाले ५ ठाउँमा अगाडि छ भने माओवादी ३ ठाउँमा र कांग्रेस १ ठाउँमा अगाडि छ।

कैलालीका १३ स्थानीय तहमा कांग्रेसले १ तहमा विजय हासिल गरेको छ भने एमाले पनि १ ठाउँमा विजयी भएको छ। कांग्रेसको अग्रता ४ ठाउँमा छ भने एमालेको अग्रता २ ठाउँमा रहेको छ। माओवादी केन्द्र ४ ठाउँमा अगाडि छ भने नेपाल लोकतान्त्रिक फोरम १ ठाउमा अगाडि छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.