पूर्वका ठूला सहर विराटनगर, इटहरी र धरानमा कांग्रेसको अग्रता कायमै


प्रदेश नम्बर एकका तीन ठूला शहरको मेयर पदको पछिल्लो मत मतगणाम अनसार नेपाली कांग्रेसले तीनै ठाउँमा अग्रता कायमै राखेको छ।

विराटनगर महानगरपालिका, इटहरी र धरान उप–महानगरपालिकाको मतगणनामा आफ्नो परम्परागत प्रतिद्वन्द्वी नेकपा एमालेलाई कांग्रेसले पछाडि छाडेको हो।

विराटनगर महानगरपालिकाको मेयर पदमा कांग्रेसका भीम पराजुलीले ६७७ मतको अन्तर बनाएका छन्। उनले एमालेका विनोद ढकालविरुद्ध २३५३ मत प्राप्त गरेका छन्। ढकालको १६७६ मत छ।

विराटनगर

कांग्रेस : २३५३ /२०२८

एमाले लो‍ फोरम : १६७६/ ९२९

समाजवादी फोरम मा.के : १२०० /९६०

त्यस्तै, एमालेको गढ मानिने इटहरी उप–महानगरपालिकामा कांग्रेसका रोहित प्रसाईले अहिले १ सय ७५ मतले अग्रता लिइरहेका छन्। भने उप मेयरमा २ सय ८४ मतले पछि एमाले रहेको छ ।

एमालेका द्वारिकालाल चौधरीले ३५३७ मत पाएका छन् भने उपमेयरमा लक्ष्मी गौतमले ३४२४ मत पाएकी छन्।

इटहरी उप-महानगरपालिका

मेयर

कांग्रेस रोहित प्रसाई ३७११

बिमला शिवाकोटी ३७०८

एमाले द्धवारीकलाल चौधरी ३५३७

उपमेयर

लक्ष्मी गौतम ३४२४

राप्रप रोहित कार्की ३६५

माया रायमाझी ४२३

माओवादी केन्द्र हरिमाया जीमी ४६७

धरान उपमहानगरमा कांग्रेसका तिलक राईले १ सय ८३ मतले अग्रता बनाएका छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार राईले २११७ मत पाएका छन् भने उपमेयरमा पनि कांग्रेसकी उम्मेद्वारले २०९६ मत पाएकी छन्।

यस्तै एमालेका उम्मेद्वार तारा सुब्बाले १९३४ मत पाएका छन भने उपमेयरमा २०२० मत पाएका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.