नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जिल्लाको पश्चिमी क्षेत्र लागि केन्द्रमा समेत पहल गरिने बताएका छन्।
एमाले फाकफोकथुम गाउँपालिकाले– ४ मा आयोजना गरेको चुनावी आमसभालाई आज सम्बोधन गर्दै उनले सो क्षेत्र विकासको दृष्टिकोणले ज्यादै पछि परेकाले आफू यसको विकास लागि प्रतिबद्ध रहेको बताए।
वर्तमान सरकारले विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा कोशिश गर्दागर्दै पनि एमालेको दबाबका कारण त्यो सम्भव नभएकाले बाध्य भएर निर्वाचनमै जानुपरेको जिकिर उनले गरे।
पूर्वसभामुख नेम्वाङले राजपाको बहाना बनाएर सरकारले निर्वाचन पछि धकेल्न खोजेको आरोपसमेत लगाए। रासस