काठमाडौँ विश्वविद्यालय रजिस्ट्रारमा पुनः भोला थापा

काठमाडौँ विश्वविद्यालय रजिस्ट्रारमा पुनः भोला थापा




काठमाडौँ विश्वविद्यालय, धुलिखेलको रजिस्ट्रारमा पुनः डा भोला थापा आज नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा काठमाडौँ विश्विद्यालयका कुलपति शेरबहादुर देउवाले डा थापालाई चार वर्षका लागि रजिस्ट्रारमा नियुक्त गरेका हुन्।
गत जेठ मसान्तमा उनको कार्यावधि सकिएपछि विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठको सिफारिसमा थापा रजिस्ट्रार नियुक्त भएका प्रेस संयोजक हरिमन्जुश्रीले जानकारी दिए । यसअघि पनि उहाँ रजिस्ट्रारका साथै कार्यवाहक उपकुलपतिसमेत थिए । रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.