नेकपाका जिल्ला संयोजकसहित दुई पक्राउ – Setopati Nepal's Online Newspaper

नेकपाका जिल्ला संयोजकसहित दुई पक्राउ


स्थानीय तहको निर्वाचनमा विभिन्न भागमा बाधा पुर्‍याउने योजना बनाउने क्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला संयोजकसहित दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

विभिन्न ठाउँमा निर्वाचन विरोधी गतिविधि सञ्चालन गरिरहेका सूचनाका आधारमा नेकपाका जिल्ला संयोजक आकाश र धनकुटा नगरपालिका संयोजक राजनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुदीपराज भण्डारीले बताए। रासस

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.