पाल्पामा मतदान अधिकृतलाई तालिम

पाल्पामा मतदान अधिकृतलाई तालिम




मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आजदेखि तालिम दिन थालिएको छ । 

यहाँका २११ मतदान अधिकृत, २११ सहायक मतदान अधिकृत र अन्य कर्मचारीसहित कुल ४४२ जनालाई तालिम दिन थालिएको हो । निर्वाचनको पूर्व तयारीदेखि सम्पन्न हुँदासम्मको जानकारी दिने उद्देश्यले दुई चरणमा सो तालिम सुरु गरिएको हो । 

पहिलो चरणमा आज र भोलि तथा दोस्रो चरणमा ७ र ८ गते सदरमुकाम तानसेनमा तालिम आयोजना गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी थमन सारुले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीश, मुख्य निर्वाचन अधिकृतलगायतले तालिम प्रदान गरिरहेका छन् । रासस 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.