स्थानीय तहको निर्वाचनलगत्तै सुकुम्वासीलाई लालपूर्जा–मन्त्री पाण्डे

स्थानीय तहको निर्वाचनलगत्तै सुकुम्वासीलाई लालपूर्जा–मन्त्री पाण्डे


भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले वैशाख ३१ गते स्थानीय तहको निर्वाचनलगत्तै मुलुकका भूमिहीन सुकुम्बासीलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्नेतर्फ सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्।

राप्रपाले हेटौँडा उपमहानगरपालिका–१८ मा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले तत्कालीन सुकुम्बासी आयोगले पहिचान गरेका सुकुम्बासीको तथ्याङ्कअनुरुप ती सुकुम्बासीलाई बसोबास र जग्गाको लालपुर्जा वितरण गर्न सरकारले तयारी गरिरहेको जानकारी दिए।

मन्त्री पाण्डेले राष्ट्रलाई सुशासन, आर्थिक समृद्धि र जनतालाई विकासको पूर्वाधारमा आत्मनिर्भर बनाउन स्थानीय तहको निर्वाचन अनिवार्य आवश्यकता रहेको बताए।

कार्यक्रममा राप्रपाका सहमहामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्य, रेखा थापा, दीपबहादुर सिंह, सांसद गणेश थापालगायतले मधेसी दललाई पनि स्थानीय तहको निर्वाचनमा सहभागी गराउनुपर्ने बताए। रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.