सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संघीय संसदमा छलफल जारी रहँदा सांसदहरूको उपस्थिति भने न्यून देखिएको छ।
बिहान ११ बजेबाट सुरू भएको बैठक अहिले पनि जारी छ। लम्बेतान छलफलमा सांसदहरूको रूचि भने कम देखिएको छ।
३५ सांसदले नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका थिए। त्यस्तै छलफलमा भाग लिन ३९ सांसदले नाम लेखाएका छन्।
राष्ट्रपतिमार्फत प्रस्तुत नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका भए पनि बैठक कक्षमा अपेक्षाकृत कम उपस्थिति देखिएको हो। नीति तथा कार्यक्रमको प्रस्तुतकर्ता प्रधानमन्त्री स्वयम् बैठकमा अनुपस्थित छन्।
दिनभर चल्ने बैठकमा सांसदहरु चिया खाजाका लागि पनि बाहिरिने गरेका छन्।
संसदमा आजै बजेटका सिद्धान्त तथा प्राथमिकता पनि प्रस्तुत हुँदैछ।
तस्बिरहरू:
-1778752888.jpg)
-1778752889.jpg)
-1778752889.jpg)
-1778752889.jpg)
-1778752888.jpg)
-1778752888.jpg)
-1778752889.jpg)
-1778752889.jpg)
-1778752888.jpg)
-1778752888.jpg)
-1778752887.jpg)
-1778752887.jpg)
-1778752887.jpg)
-1778752887.jpg)
-1778752887.jpg)
-1778752887.jpg)
-1778752886.jpg)
-1778752886.jpg)