प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री स्वर्णिम वाग्ले सहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गरिरहेका छन्।
प्रधानमन्त्री शाहले मंगलबार मध्याह्न १२ बजेदेखि अर्थमन्त्री स्वर्णिम वाग्ले सहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गरिरहेको उनको सचिवालयले जानकारी दिएको छ।
‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरू बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको छ। बैठकमा यी निकायहरूले काम गर्दा भोगिरहेका चुनौती र सुधारबारे छलफल विमर्श हुनेछ,’ सचिवालयले जानकारी दियो।