नेपाली कांग्रेसभित्र सम्पूर्ण एकताका साथ १५ औं महाधिवेशनमा होमिन युवाहरूले पहल सुरू गरेका छन्।
उनीहरूले विशेष महाधिवेशनमा गएका र नगएका सबै पक्षलाई १५ औं महाधिवेशनमा होमिन दवाव दिन थालेका हुन्।
गत पुसमा कांग्रेसको विशेष महाधिवेशन भएको थियो।
तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष उक्त महाधिवेशनमा सहभागी भएको थिएन।
पार्टीभित्र एकताका साथ १५ औं महाधिवेशनमा होमिन दवाद दिने उद्देश्यसहित युवा नेताहरूले पहलकदमी सुरू गरेको नेता नैनसिंह महरले जानकारी दिए।
कांग्रेसले असोजमा नियमित १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याइसकेको छ।
नेता महरसहित प्रतिमा गौतम, उमेशजंग राईमाझी, पुष्प पराजुली, मनोजमणि आचार्य, विनोद कायस्थ, निर्मला क्षेत्री, वालचन्द्र न्यौपाने, अन्जान लामा, बद्री अर्याल, लेखनाथ न्यौपाने, सरोज थापा, पुष्प शाहीलगायत नेताहरूको आज अनामनगरमा छलफल गरेका हुन्।
बैठकले सबै पक्षका बीचमा संवाद तथा वार्ता सुरू गर्ने र दवावमूलक कार्यक्रम थाल्ने निर्णय गरेका छन्।
पार्टीभित्र एकता र सशक्तताका लागि देशैभरका कार्यकर्ताहरूबीच छलफल गर्दै जाने पनि नेता महरले बताए।