राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दैछन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार अपराह्न ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थले जानकारी दिए।
संविधानको धारा ९५ मा राष्ट्रपतिले निर्वाचनपछिको पहिलो अधिवेशनमा सम्बोधन गर्ने व्यवस्था छ।
प्रतिनिधि सभाको पहिलो बैठक चैत १९ गतेदेखि सुरू भएको हो।