पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा भएका छन्।
बिहीबार बिहान उनलाई प्रहरीले हाजिर जमानीमा रिहा गरेको हो। उनलाई २ नम्बर प्रहरी गणमा राखिएको थियो।
त्यहाँबाट प्रहरीले उनकी पत्नी यशोदा लेखकको जिम्मा लगाएको हो।
यस्तै प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाएको छ।
ओली र लेखक दुबैलाई सर्वोच्च अदालतले फेरि म्याद नथप्न परमादेश जारी गरेको थियो। उक्त परमादेश अनुसार बिहीबार बिहान सर्वोच्च अदालतले हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो।