राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी रचना खतिवडा मंगलबार आयोजित अभिमुखीकरण कार्यशालामा भावुक भएकी छन्।
उनी जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा हुन्।
भदौ २३ को घटनामा रसिकको ज्यान गएपछि उनी सहिदहरूको न्यायका लागि सडकमा आवाज उठाउँदै आएकी थिइन्। रास्वपाले उनलाई खसआर्य क्लस्टरबाट समानुपातिक सूचीमा राखेको थियो।
ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा सोमबार सुरू नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यशालामा उपस्थित भएकी उनी कार्यक्रमको सुरूमा भावुक देखिएकी थिइन्।
गृहणीको जीवन बिताउँदै आएकी रचना छोराको मृत्युपछि सडक संघर्ष गर्दागर्दै रास्वपाबाट राजनीतिमा आएकी हुन्।
-1773732497.jpg)
-1773732498.jpg)
-1773732497.jpg)




