सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) लाई उछिनेका छन्।
सुरूवातमा सरिनले अग्रता लिइरहेको सुनसरी १ मा अहिले हर्क साम्पाङ अघि छन्।
निर्वाचन आयोगको अद्यावधिक मतपरिणाम अनुसार यो क्षेत्रमा अहिले उनले ४८३६मत ल्याएका छन्। रास्वपाकी सरिनले भने ३४२६ ल्याएकी छन्।
तेस्रो स्थानमा रहेका एमालेका सूर्यबहादुर भट्टराई १०८५ मत ल्याएका छन्।
सुनसरी १ मा धरान उपमहानगरपालिकाका २० वटै वडा, बराहक्षेत्र नगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा र रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडा समेटिएको छ। सुनसरी निर्वाचन क्षेत्र १ मा कुल १ लाख ५० हजार ३९३ जना मतदाता छन्।
अहिले यो क्षेत्रमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, नेकपा एमालेका टिकाराम लिम्बू, नेपाली कांग्रेसका सुजेन्द्र तामाङ, नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङ लगायत उम्मेद्वार छन्। यसपटक यहाँ राजनीतिक दलहरूबाट १९ जना र स्वतन्त्र ७ गरी कूल २६ जना उम्मेद्वार चुनावी मैदानमा छन्।