गोरखा निर्वाचन क्षेत्र १ मा शनिबार बिहान साढे ३ बजेसम्म पनि मतगणना सुरू भएको छैन।
चुमनुव्री गाउँपालिकाका १४ वटा मतपेटीका ल्याउन नसक्दा मतगणना सुरू हुन नसकेको निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।
२४ वटामध्येमा १४ वटा मतपेटीका ल्याउन बाँकी छ। गोरखाको सदरमुकाममा ल्याएर गणना गर्ने गरिएको छ। तर मौसमको खराबीका कारण मतपेटिका ल्याउन नसकिएको अधिकृत गौतमले बताए।
'शनिबार बिहान मौसम सफा भयो भने मतपेटीका ल्याएर मतगणना सुरू गर्नेछौं, हेलिकप्टर तयारी अवस्थामा राखेका छौं,' उनले भने।