प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं उपत्यकाका १५ वटामध्ये ६ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्।
अन्तिम परिणाम आउन काठमाडौं, भक्तपुर र ललितपुरका बाँकी ९ वटा क्षेत्रमा पनि रास्वपाका उम्मेदवारको नै अग्रता छ।
पछिल्लो मतगणना अनुसार रास्वपाका उम्मेदवारहरूले निकटतम प्रतिस्पर्धीसँग उल्लेखनीय मतान्तर बनाएका छन्।
ललितपुर–१ मा रास्वपाका बुद्धरत्न महर्जनले ११ हजार २०२ मत ल्याएर अग्रता बनाएका छन्। नेपाली कांग्रेसका उदय शमशेर राणाले ८३०२ मत पाएका छन्। यहाँ मतान्तर २९०० छ।
ललितपुर–२ मा रास्वपाका जगदिश खरेलले ७३०५ मतसहित अग्रता कायम गरेका छन्। नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले १०४० मत प्राप्त गरेका छन्। यहाँ खरेलले ६२६५ मतान्तर बनाएका छन्।
ललितपुर–३ मा रास्वपाकी तोसीमा कार्कीले १८ हजार ८१८ मतसहित अग्रता लिएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ३६५४ मत पाएका छन्। यहाँ कार्कीले १५ हजार १६४ मतान्तर बनाएकी छन्।
भक्तपुर–१ मा रास्वपाका रूकेश रन्जित २० हजार २५५ मतसहित अग्रस्थानमा छन्। नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले १५ हजार ५२० मत प्राप्त गरेका छन्। यहाँ मतान्तर ४७३५ छ।
भक्तपुर–२ मा रास्वपाका राजीव खत्री २१ हजार ४७४ मतसहित अगाडि छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले ५७६३ मत ल्याएका छन्। यहाँ खत्रीले १५ हजार ७११ मतान्तर बनाएका छन्।
काठमाडौं–२ मा रास्वपाका सुनिल केसी २४ हजार २६९ मतसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका कबिर शर्माले ६९८९ मत ल्याएका छन्। यहाँ केसीले १७ हजार २८० मतान्तर बनाएका छन्।
काठमाडौं–४ मा रास्वपाका पुकार बम २३ हजार ४८८ मतसहित अगाडि छन्। नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ६९५९ मत प्राप्त गरेका छन्। यहाँ मतान्तर १६ हजार ५२९ छ।
काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल २७ हजार ४७७ मतसहित अग्रता कायम गरेका छन्। नेपाली कांग्रेसका प्रदीप पौडेलले ८ हजार २११ मत पाएका छन्। यहाँ पोखरेलले १९ हजार २६६ मतान्तर बनाएका छन्।
काठमाडौं–९ मा रास्वपाका डोलप्रसाद (डिपी) अर्याल २७ हजार ४१३ मतसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ४ हजार ४३९ मत प्राप्त गरेकी छन्। यहाँ अर्यालले २२ हजार ९७४ मतान्तर बनाएका छन्।