प्रतिनिधिसभा निर्वाचन २०८२ को मत गणना जारी छ। अधिकांश निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिइरहेका छन्।
कतिपय ठाउँमा कांग्रेस, एमाले र नेकपा उम्मेदवारको अग्रता छ। रास्वपा उम्मेदवारले फराकिलो मतान्तर कायम गरेका छन्। तर कांग्रेस एमाले उम्मेदवारको दोस्रो उम्मेदवारसँग ठलो अन्तर छैन। हालसम्म एमालेले १० वटा निर्वाचन क्षेत्रमा अग्रता लिएको छ कहाँ कति मतको अग्रता छ त?
तेह्रथुममा एमालेका भानुभक्त ढकाल ६ हजार ८९७ मतका साथ अग्रता लिएका छन्। उनका निकटतम प्रतिस्पर्धी रहेका कांग्रेसका सन्तोष सुब्बाले ६ हजार ५०६ मत लिएका छन्। दुई उम्मेदवार बीचको मतान्तर ३९१ को छ।
ओखलढुंगामा एमाले उम्मेदवार अस्मिता थापा ८३५ मतको अन्तरका साथ अग्रता लिएकी छन्। हालसम्म थापाले २२ सय १८ मत प्राप्त गरेकी छन्। रास्वपाका विश्वराज पोखरेलले १३ सय ८३ मत लिएर प्रतिस्पर्धा गरिरहेका छन्।
सिन्धुली १ मा एमालेका प्रदिपकुमार कटुवाल ४ हजार ६६९ मत प्राप्त गरेर अग्रता कायमगरेका छन्। दोस्रो स्थानमा कांग्रेसका उज्ज्वल बरालले ३१ सय ५४ मत लिएका छन्। दुई उम्मेदवार बीचको मतान्त १,५१५ मतको छ।
स्याङ्जा १ मा एमालेका खिमबहादुर थापाले ९४३ मत लिएर अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी रास्वपाका झविलाल डुम्रे ३६७ मत प्राप्त गरेका छन्। दुई उम्मेदवार बीचको अन्तर ५७६ मतको छ।
लुम्बिनी प्रदेशको बाँके २ मा एमाले मोहम्मद इश्तियाक राई १३८२९ को साथ अग्रता लिएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुधान्सु कोइरालाले ९६५३ मत प्राप्त गरेका छन्। दुई उम्मेदवार बीचको अन्तर ४१७६ मतको छ।
दैलेख २ मा पनि एमालेका लक्ष्मीप्रसाद पोखरेल २७९९ मत लिएर अग्रता कायम गरेका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका दिक्पाल कुमार शाही २०२९ मत प्राप्त गरेका छन्।
दुई उम्मेदवार बीच ५७० मतको मतान्तर छ।
अछाम २ मा एमालेका यज्ञ बहादुर बोगटीले १,१९५ मत लिएर अग्रता कायम गरेका छन्। हालसम्मको परिणाम अनुसार दोस्रो स्थानमा रहेका कांग्रेसका पुष्पबहादुर शाहले ७९३ मत लिएका छन्। दुई उम्मेदवार बीच को मतान्तर ४०२ मतको छ।
बझाङमा ऐन बहादुर महरले ३५५५ मत लिएर अग्रता कायम गरेका छन्। दोस्रोमा कांग्रेसका प्रकाश रसायलीले ३३५४ मत प्राप्त गरेका छन्। मतान्तर २०१ मतको छ। डोटीमा एमालेका दीपक बहादुर धामी ४२८७ मत लिएर अग्रता कायम गरेका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका भरतबहादुर खड्काले ३४६० मत लिएका छन्। पहिलो र दोस्रो स्थानमा भएका बीच ८२७ मतको छ।