नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य रहेको बताएका छन्।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहेको छ र गणना भएका ठाउँमध्ये अधिकांशमा रास्वपाका उम्मेदवार अगाडि छन्।
यस्तो अवस्थामा उपसभापति शर्माले मतदाताको फैसला स्वीकार्य रहेको बताएका हुन्।
‘मतदाताको फैसला स्वीकार्य छ। `बुलेट´बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै `ब्यालेट´बाट आउँदैगरेको रास्वपालाई स्वागत,’ उनले सामाजिक सञ्जाल एक्समा आज लेखेका छन्, ‘०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन l चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ।’