पाल्पा-१ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि देखिएको छ।
यहाँ रास्वपबाट विमल पन्त उम्मेदवार छन्।
उनले ५३३ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन्।
त्यस्तै एमालेका नारायणप्रसाद आचार्यले ३०३ मत पाएका छन्। नेपाली कांग्रेसका सन्दीप रानाले १५३ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हुमबहादुर सुनारीले १४७ मत ल्याएका छन्।
मतगणना जारी रहेको छ।