काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्।
शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ हजार ४५४ मतगणना गर्दा रास्वपाका उम्मेदवार पाण्डेले ४ हजार ६४९ मत प्राप्त गरेका छन्।
यसअघि अग्र स्थानमा रहेका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ३३४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन्।
‘एक हजार भन्दा बढी मतले रास्वपाको उम्मेदवार अघि लागिसक्नुभयो,’ उनले भनिन्।
उनका अनुसार अहिलेसम्म गोकर्णेश्वर नगरपालिका–१, २, ३, ४ को मतगणना सकिएको छ।
८ बजेदेखि वडा–५ को मतगणना गर्ने तयारी गरिएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिइन्।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले १ हजार ४८१ र नेकपा एमालेका रामेश्वर फुयाले ९४९ मत प्राप्त गरेका छन्।