उज्यालो नेपाल पार्टीबाट कास्की–२ मा कुशल गुरूङले उम्मेदवारी दर्ता गरेका छन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गुरूङले उम्मेदवारी दर्ता गरेका हुन्। उनी पार्टीका केन्द्रीय सदस्य हुन्।
विन्ड पावर नेपाल प्रालिमार्फत वैकल्पिक ऊर्जाका क्षेत्रमा काम गर्दै आएका गुरूङ जलवायु विज्ञसमेत हुन्।
पोखरा महानगरपालिका र गण्डकी प्रदेशको ऊर्जा रणनीतिक योजना बनाएका गुरूङले काठमाडौंमा हाइड्रोफोनिक्स प्रविधिमा तरकारी खेती गरिरहेका छन्। उनको उत्पादन मुठ्ठा नेपाल कम्पनीमार्फत बिक्री वितरण भइरहेको छ।
कास्की–२ मा नेपाली कांग्रेसबाट माधव बास्तोला, एमालेबाट रश्मी आचार्य, नेकपाबाट किरण थापा, रास्वपाबाट उत्तम पौडेल, राप्रपा उपाध्यक्ष हेमजंग गुरूङ लगायतले उम्मेदवारी दर्ता गरिरहेका छन्।