नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ५ मा महामन्त्री प्रदीप पौडेललाई उम्मेदवार बनाउने भएको छ।
संसदीय बोर्ड बैठकले काठमाडौं ५ मा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
उनी आज अपराह्न ३ बजे उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृत कार्यालय पुग्ने नेताहरूले जनाएका छन्।
२०७९ को चुनावमा पौडेल यही क्षेत्रबाट निर्वाचित भएका थिए।
पौडेलले आफू यसपालि क्षेत्र नम्बर ५ मै उम्मेदवार रहने जानकारी दिए।
फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ।