नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार हुने भएका छन्।
यसअघि उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट जित्दै आएका थिए।
पार्टीका एक पदाधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार सर्लाही ४ मा सभापति थापाले उम्मेदवारी दिने भएका हुन्।
‘सभापति थापा सर्लाही ४ बाट उम्मेदवार हुनुहुन्छ, सभापति र उपसभापति विश्वप्रकाश शर्मा गएर मनोनयन गर्ने कार्यक्रम छ,’ ती पदाधिकारीले भने।
फागुन २१ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ।
२०७९ को चुनावमा यो क्षेत्रबाट अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए। उनी रास्वपा प्रवेश गरी यसपालि पनि यही क्षेत्रमा उम्मेदवार छन्।