अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अनिश्चितकालका लागि रोक्ने निर्णय गरेका छन्।
अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्ने ठानिएका आवेदकहरूमाथि कडाइ गर्ने प्रयास स्वरूप नेपालसहित ७५ देशहरूका लागि आप्रवासी भिसा प्रक्रिया रोकेको हो।
फक्स न्यूजले प्राप्त गरेको विदेश मन्त्रालयको त्यसबारे मेमो अनुसार मन्त्रालयले जाँचबुझ र प्रमाणीकरण प्रक्रियाहरूको पुनरवलोकन गरिरहँदा कन्सुलर अधिकारीहरूलाई विद्यमान कानुन बमोजिम भिसा अस्वीकार गर्न निर्देशन दिइएको छ।
नेपालसहित सोमालिया, रूस, अफगानिस्तान, ब्राजिल, इरान, इराक, इजिप्ट, नाइजेरिया, थाइल्याण्ड, यमन लगायत देशहरूसो सूचीमा परेका छन्।
सो स्थगन जनवरी २१ (माघ ७) देखि लागु हुने हुनेछ र विदेश मन्त्रालयले आप्रवासी भिसा प्रक्रियाको पुनरवलोकन नगरेसम्म अनिश्चितकालका लागि जारी रहनेछ।
आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी बसोबास गर्ने प्रयोजनका लागि दिइने लामो समयको भिसा हो। छोटो समयका लागि दिइने विद्यार्थी, बिजनेस, भिजिट भिसा लगायतभन्दा यो अलग प्रकारको भिसा हो।
यसअघि गत हप्ता नेपालीहरूले बिजनेस (बी१) र भिजिट (बी२) भिसा प्राप्त गर्न धरौटी राख्नुपर्ने नियम अमेरिकाले ल्याएको थियो।
अमेरिकी विदेश मन्त्रालयले आउँदो माघ ७ देखि यस्तो नियम लागू हुने जनाएको थियो।
जसअनुसार यी दुई प्रकारका भिसामा अमेरिका जाने व्यक्ति बढीमा ६ महिनासम्म बस्न पाउनेछन्।
यी हुन् अमेरिकाले आप्रवासी भिसा रोकेको ७५ देश—
१. अफगानिस्तान
२. अल्बानिया
३. अल्जेरिया
४. एन्टिगुवा एण्ड बारबुडा
५. आर्मेनिया
६. अजरबैजान
७. बहमास
८. बंगलादेश
९. बारबाडोस
१०. बेलारूस
११. बेलिज
१२. भुटान
१३. बोस्निया
१४. ब्राजिल
१५. म्यानमार (बर्मा)
१६. क्याम्बोडिया
१७. क्यामरून
१८. केप भर्डे
१९. कोलम्बिया
२०. कोट डी आइभर
२१. क्युबा
२२. कंगो (डेमोक्रेटिक रिपब्लिक)
२३. डोमिनिका
२४. इजिप्ट
२५. इरिट्रिया
२६. इथियोपिया
२७. फिजी
२८. गाम्बिया
२९. जर्जिया
३०. घाना
३१. ग्रेनेडा
३२. ग्वाटेमाला
३३. गिनी
३४. हैटी
३५. इरान
३६. इराक
३७. जमैका
३८. जोर्डन
३९. कजाखस्तान
४०. कोसोभो
४१. कुबेत
४२. किर्गिजस्तान
४३. लाओस
४४. लेबनान
४५. लाइबेरिया
४६. लिबिया
४७. म्यासेडोनिया
४८. मोल्डोभा
४९. मंगोलिया
५०. मोन्टेनेग्रो
५१. मोरक्को
५२. नेपाल
५३. निकारागुवा
५४. नाइजेरिया
५५. पाकिस्तान
५६. कंगो (रिपब्लिक)
५७. रूस
५८. रवाण्डा
५९. सेन्ट किट्स एण्ड नेभिस
६०. सेन्ट लुसिया
६१. सेन्ट भिन्सेन्ट एण्ड ग्रेनेडाइन्स
६२. सेनेगल
६३. सिएरा लियोन
६४. सोमालिया
६५. दक्षिण सूडान
६६. सूडान
६७. सिरिया
६८. तान्जानिया
६९. थाइल्यान्ड
७०. टोगो
७१. ट्युनिसिया
७२. युगान्डा
७३. उरूग्वे
७४. उज्बेकिस्तान
७५. यमन