नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन सकेर शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने बताएका छन्।
बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनस्थलबाट बोल्दै उनले देउवाको आशीर्वाद लिन जानुपर्ने भएकाले कसैलाई पनि गाली नगर्न बताएका हुन्।
'तपाईंहरू गाउँठाउँमा जाँदा, सामाजिक सञ्जालमा लेख्दा, कृपया कसैको बारेमा पनि गालीगलौज नगरिदिनुहोला। कसैको बारेमा टिप्पणी नगरिदिनुहोला। ती साथीभाइलाई पनि सँगै लिएर जानुपर्नेछ। केही दिनपछि जब कांग्रेसको महाधिवेशन सकिन्छ। नयाँ निर्णय सुनाउँछौं। दुई दिन पछाडि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको आशीर्वाद लिन त जानु छदैछ नि,' उनले भने।