नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो बैठक बसेको हो। बैठकमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्नेबारे छलफल हुनेछ।
साथै विशेष महाधिवेशनलाई लिएर भइरहेका चर्चाबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित पदाधिकारीहरू र पूर्व पदाधिकारी तथा वरिष्ठ केन्द्रीय सदस्यहरू उपस्थित छन्।
तत्काल केन्द्रीय समिति बैठक बस्न नसकेको बेला कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट आवश्यक निर्णय लिने गरेको छ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले अरू दलहरूसँग गठबन्धन गर्न खोजेको छ।
नेकपा एमालेसहित विभिन्न दलहरूसँग गठबन्धन गर्ने बारे नेताहरूले यसअघि नै छलफल गरेका थिए।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकले अन्य दलका नेताहरूसँग राष्ट्रिय सभामा गठबन्धन गरेबारे छलफल गरेका थिए। कांग्रेसले सबै दलहरूसँग गठबन्धन गरी १८ मध्ये कम्तीमा ६ सिट लिने तयारी गरिरहेको नेताहरूको भनाइ छ।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
-ink-1767604593.jpeg)
-ink-1767604593.jpeg)
-ink-1767604592.jpeg)
-ink-1767604592.jpeg)
-ink-1767604591.jpeg)
-ink-1767604591.jpeg)