भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको बयान लिने तयारी गरेको छ।
आयोगले उनीहरूलाई २/३ दिनको म्याद दिने गरी चिठी पठाउने तयारी गरेको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।
‘हामीले म्याद दिएर चिठी पठाउँछौं। एक दुई दिनभित्र चिठी जान्छ,’ उनले भने।
काठमाडौं महानगरका मेयर बालेन शाहलाई मानव अधिकार आयोगले बयान लिएको रहेछ जाँचबुझको के छ तयारी? भन्ने प्रश्नमा उनले भने,‘अहिले आवश्यक महसुस भएको छैन।’
केही समयअघि पत्रकार सम्मेलनमा ओलीले भने भदौ २३ र २४ को घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई 'बोगस' भनेका थिए।
ओली भनेका थिए, 'बोगस आयोगले बोलायो भन्दैमा केपी ओली लुरूलुरू बयान दिन जाँदैन।'
यो पनि:
ओलीले जाँचबुझ आयोगमा लुरूलुरू बयान दिन जान्नँ भनेका छन्, नगए के हुन्छ कानुनी कारबाही?