प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका ईश्वर कार्कीको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएको छ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई बढुवा गर्ने निर्णय गरेको हो।
सोही बैठकले रिक्त रहेको कार्यालयको प्रमुखमा कार्कीको पदस्थापन गरेको हो।
कार्की यसअघि कोशी प्रदेश प्रहरी कार्यालयमा डिआइजीको रूपमा प्रमुख थिए। उनलाई अघिल्लो साता बढुवा समिति बैठकले बढुवा सिफारिस गर्ने निर्णय गरेको थियो।
यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालयमा दानबहादुर कार्की प्रमुख थिए।
उनी प्रहरीको ३३ औं महानिरीक्षक भएपछि उक्त कार्यालयमा प्रमुख रिक्त थियो।