नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि मातृभूमी जागरण अभियान चलाउँदै आइरहेका भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका छन्।
बुधबार राष्ट्रिय सभागृहमा एक समारोह आयोजना गरी नेपाली कम्युनिस्ट पार्टी र मातृभूमी जागरण अभियानबीच एकता घोषणा गरिएको हो।
एकता घोषणा कार्यक्रम भव्यताका साथ गरिएको छ।
कार्यक्रममा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह-संयोजक माधवकुमार नेपाल, नेताहरु झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू छन्।
संयोजक प्रचण्ड र रावलबीच ७ बुँदे सहमति भएको छ। सहमतिमा दुवै नेतासहित माधवकुमार नेपालले पनि हस्ताक्षर गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीमा रावल छैटौं वरीयताका नेता रहने सहमति छ।
तस्बिरहरूः
-ink-1762937755.jpeg)
-ink-1762937753.jpeg)
-ink-1762937753.jpeg)
-ink-1762937755.jpeg)
-ink-1762937757.jpeg)
-ink-1762937758.jpeg)
-ink-1762937758.jpeg)
-ink-1762937758.jpeg)
-ink-1762937759.jpeg)
-ink-1762937758.jpeg)
-ink-1762937760.jpeg)
-ink-1762937760.jpeg)
-ink-1762937759.jpeg)
-ink-1762937761.jpeg)
-ink-1762937760.jpeg)
-ink-1762937761.jpeg)