राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले सुझाव पेस गरेकी छन्।
चितवनमा जारी विस्तारित बैठकको दोस्रो दिन कार्कीले सुझाव पेस गरेकी हुन्।
उनले तीन पन्ने सुझाव पेस गरेको एक प्रतिनिधिले जानकारी दिए।
उनीसहित प्रतिनिधिहरू शंकर श्रेष्ठ, मधु आचार्य, डा. बुद्धी शर्मा र कृष्ण भुसालले पनि सुझाव पेस गरेका छन्। आचार्य र शर्माले संयुक्त रूपमा सुझाव पेस गरे।
महामन्त्री कविन्द्र बुर्लाकोटीले शनिबारको विस्तारित बैठकमा कार्कीसहित पाँच जना सदस्यहरूलाई बोल्नका लागि समय दिएका हुन्।
सुझावमा के उल्लेख छ भन्ने विषयमा खुलाउनका लागि समय दिइएको एक प्रतिनिधिले जानकारी दिए।
शुक्रबार विस्तारित बैठकमा कार्कीलाई बोल्न नदिएको भन्दै केन्द्रीय सदस्य निशा डाँगी लगायतले आपत्ति जनाएका थिए।
एक प्रतिनिधिका अुनसार कार्यवाहक सभापति डिपी अर्यालले प्रतिवेदन पेस गरिरहँदा बोल्न समय माग गरेकी थिइन्।
त्यतिबेला बोल्न नदिएको भनेर डाँगी लगायतले आपत्ति जनाएका थिए।
रास्वपाको विस्तारित बैठकमा शुक्रबार ४० जनाले धारणा राखेका थिए।
रास्वपा कार्यवाहक सभापति डिपी अर्यालले आफूले ६० वटा सुझाव टिपेको जानकारी दिएका छन्।
बैठक आजै सकिनेछ।