नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दैछ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजेदेखि बैठक सुरू हुनेछ।
असोज २८ गतेदेखि सुरू भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अहिलेसम्म ९५ जनाले धारणा राखेका छन्।
अब पदाधिकारी र केन्द्रीय सदस्य गरी ७३ जनाले बोल्न बाँकी छ।
यस हिसाबले अझै केही दिन बैठक चल्ने देखिन्छ।
छलफलका लागि महामन्त्री गगन थापाले १० वटा एजेन्डा पेस गरेका छन्।
यद्यपि केन्द्रीय समितिमा महाधिवेशनको विषयमा मात्रै छलफल केन्द्रित छ।
नियमित महाधिवेशन गर्ने कि विशेष, फागुन २१ को चुनावअघि गर्ने कि चुनावपछि भन्नेमा मुख्य गरी मतभेद देखिन्छ।
विशेष महाधिवेशन माग गर्दै झन्डै ५३ प्रतिशत प्रतिनिधिहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर पनि बुझाएका थिए।
यसकै सेरोफेरोमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।