प्रधानमन्त्री सुशीला कार्की र संघीय संसदका सभामुख र अध्यक्ष बीच बालुवाटारमा भेटवार्ता भएको छ।
उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको प्रेस संयोजक राम रावलले जानकारी दिए।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे पनि उपस्थित थिए।