राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी नरहेको टिप्पणी गरेका छन्। 
रूपन्देहीमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भ्रष्टाचारीहरूलाई स्वीकारेर निर्वाचित गराउने जनता पनि बराबर दोषी रहेको बताएका हुन्। 
'अहिलेका जुन विकराल परिस्थिति छ, भ्रष्टाचारीलाई स्वीकारेर पठाउने जनता नै हुन्,' उनले भने, 'अहिलेको परिस्थितिमा राजनीतिक दलका नेता मात्रै जिम्मेवार छैनन्। मैले बंगलादेशको हविगत व्यहोर्नुपर्छ भनेर मैले भनेको थिएँ। सत्य कुरा जनतालाई बुझ्न समय लाग्छ।'
यस्तै, आफूले संसदमा धेरै पहिलादेखि बंगलादेशको अविगत भोग्नुपर्ने चेतावनी दिँदा कसैले नसुनेको गुनासो उनको थियो।
त्यस्तै, राजनीतिक दलहरूले आफ्नो स्वार्थका लागि विदेशी मुलुकको मुद्दा बोक्ने गरेको आरोप उनको छ।